Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनपीएलको तेस्रो सिजन पनि न्युजिल्यान्डका बलर कुगेलेइनले सुदूरपश्चिमबाटै खेल्ने


२, भदौ २०८३
  • 110
    SHARES
  • एनपीएलको तेस्रो सिजन पनि न्युजिल्यान्डका बलर कुगेलेइनले सुदूरपश्चिमबाटै खेल्ने

    काठमाडाैं । सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ।

    सुदूरपश्चिमले यसअघि इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको हाे । कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा भित्र्याएको छ । कुगेलेइनले एनपीएलको अघिल्ला दुई सिजनमा पनि सुदूरपश्चिमबाटै खेलेका थिए । उनले पहिलो सिजनमा १७ र दोस्रो सिजनमा १० विकेट लिएका थिए ।

    कुगेलेइनले सुदूरपश्चिममा फर्किन पाउँदा उत्साहित रहेको बताएका छन् । सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनबाट यसअघिकै जस्तो प्रदर्शनको अपेक्षा गरेको बताएका हुन् ।

    तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई कायम राखेको छ ।

    त्यसैगरी टोलीले अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको हाे।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend