Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै


८, भदौ २०८३
  • 119
    SHARES
  • टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

    काठमाडौं ।  अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

    नेपाल ‘ए’ले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ । पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको थियो ।

    लगातार दुई हारपछि नेपाल ‘ए’ आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । हबर्ट हरिकेन्स एकेडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल ‘ए’लाई दबाबमा राख्ने योजनामा हुनेछ ।

     नेपाली टोलीमा कप्तान अनिलकुमार साह, मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend