Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राखेपद्धारा नर्वौ राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक


२५, साउन २०८०
  • 189
    SHARES
  • राखेपद्धारा नर्वौ राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक

    राष्ट्रिय खेलकुद परिषद्ले नर्वौ राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले गण्डकी प्रदेशमा गत असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना गरेको नर्वौ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको हो । प्रतियोगीतामा ५३ करोड ७९ लाख खर्च भएको राखेपले जनाएको छ । 

    प्रतियोगीता सम्पन्न गर्न नेपाल सरकारबाट रु ६० करोड १० लाख र आन्तरिक आम्दानी ५१ लाख ५२ हजार  सात सय गरि कुल ६० करोड ६१ लाख ५२ हजार सात सय कूल आम्दानी भएको राखेपले जनाएको छ । खर्च कटाएर जम्मा ६ करोड ८२ लाख ४८ हजार रुपैया बचत भएको पनि राखेपले जनाएको छ ।

    पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगीता अन्तर्गत बिभिन्न शीर्षकको रकम रकमान्तर प्रक्रिया पुरा गर्न २०८० साल असार पहिलो हप्तासम्म लागेको र तत्पश्चात भुक्तानी हुदा खर्चको एकीन विवरण तयार गरि सार्वजनिक गर्न समय लागेको बताउनुभयो । 

    नर्वौ राष्ट्रिय खेलकुदमा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिपर्धा गरेका थिए । ११ टिमको सहभागीता रहेको नर्वौ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीले प्रथम उपाधी प्राप्त गरेको थियो । 

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend