Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एसियाली खेलकुदमा नेपालबाट २८ खेलमा दुई सय खेलाडी सहभागी हुने


८, जेठ २०८०
  • 106
    SHARES
  • एसियाली खेलकुदमा नेपालबाट २८ खेलमा दुई सय खेलाडी सहभागी हुने

    काठमाण्डौं । नेपालले एसियाली खेलकुदमा २८ खेलमा भाग लिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आइतबार भएको बोर्ड बैठकले एसिया कपमा २८ खेलमा भाग लिने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले २८ खेलका दुई सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो । १९ औं एसियाली खेलकुदको तयारी, सहभागीता लगायतको विषयमा निर्णय गर्न राखेपको बोर्ड बैठक बसेको हो । 

    यस्तो छ प्रेस विज्ञप्ति–
    आज मिति २०८० साल जेठ ७ गतेका दिन मा।युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष डिगबहादुर लिम्बूज्यूको अध्यक्षता सम्पन्न भएका परिषद्को ११६ औं बोर्ड बैठकबाट तपसिलमा रहेका एजेण्डाहरुमा बृहत्त ढंगबाट छलफल भई निम्नानुसार निर्णय भएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
    तपसिल–

    १, एसियाली खेलकुद तयारी एवं सहभागिताका लागि आवश्यक वजेट सम्बन्धमा छलफल हुँदा १९ औं एसियाली खेलकुदका लागि प्रस्तावित खेलहरु तथा कार्यक्रम र बजेटका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढ्ने निर्णय गरियो ।

    २, एसियाली खेलकुदको समग्र तयारीलाई जोड दिँदै सञ्चालन भइरहेको तालिमलाई चरणबद्ध रूपले विशेष र बन्द प्रशिक्षण सञ्चालन गर्नुका साथै हाल भइरहेको प्रशिक्षणलाई तीन भागमा प्रशिक्षण पूरा भएपछि बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

    ३, पदकको उच्च सम्भावना भएको खेललाई वैदेशिक प्रशिक्षणको व्यवस्था गर्ने, २८ खेलको दुई सयभन्दा बढी खेलाडी सहभागी हुने गरी तयारी गर्ने तथा तयारी ९विशेष, बन्द र वैदेशिक प्रशिक्षण० तथा सहभागिताका लागि परिषद्ले सम्बन्धित सरोकालवालासंग छलफल गरी तयार गरेको अनुमानित २९ करोड रुपैयाँ बजेट युवा तथा खेलकुद मन्त्रालय मार्फत परिषद्ले सिफासिर गर्ने निर्णय भएको छ ।

    साथै खर्चको नम्ससमेत तयार गरिएको छ । एसियाली खेलकुद नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गर्ने खेलकुदमध्ये सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धा रहेकाले सोही अनुसार बजेटको व्यवस्थाका लागि नेपाल सरकारलाई युवा तथा खेलकुद मन्त्रालयमार्पmत बजेट उपलब्धका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

    २, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरुको बढुवा सम्बन्धमा ।
    क राष्ट्रिय खेलकुद परिषद्को पदपूर्ति समितिको पूर्णता सम्बन्धमा आवश्यक छलफल हुँदा पदपूर्ति समितिमा दुई जना विशेषज्ञका रुपमा क्रमशः चन्द्रकान्त पण्डित र बिजेन्द्र हमाललाई मनोनयन गर्ने निर्णय गरियो ।

    ख परिषद्को संगठन संरचना ९ओ एन्ड एम सर्भे० तथा विनियमावलीका लागि परिषद्का उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल  गठन गर्ने र उक्त कार्यदलले बैठक सम्पन्न भएको मितिले ४५ दिन भित्र अनिवार्य प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्ने समेत निर्णय गरियो ।

    ३, विविध
    क परिषद् तथा परिषद् अन्तर्गतका क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिमा कार्यरत कर्मचारी हरुलाई राष्ट्रिय खेलकुद बिकास नियमावली, २०७९ को परिच्छेद ८ को नियम २४ को उपनियम ९७० बमोजिम प्रदेश तथा जिल्ला खेलकुद विकास समितिहरुमा कामकाज गर्न खटाउने सम्बन्धमा छलफल हुँदा सम्पत्ति, दायित्व र कर्मचारीहरु संघीय संरचना बमोजिम परिचालन गर्ने निर्णय गरियो ।  अर्को ब्यवस्था नभएसम्मका लागि कर्मचारी कामकाज गर्न खटाउने अधिकार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५२ बमोजिम परिषद्का सदस्य–सचिवलाई प्रदान गर्ने निर्णय गरियो ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend