Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपाधि जितेर नेपाल विश्वकप छनोटमा पुगेको त्यो डिभिजन-३


२३, वैशाख २०८०
  • 113
    SHARES
  • उपाधि जितेर नेपाल विश्वकप छनोटमा पुगेको त्यो डिभिजन-३

    काठमाडौँ । बर्मुडामा सन् २०१३ को अप्रिल २८ देखि मे ५ सम्म भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ सुरु हुनुअघि नेपाललाई उपाधि दावेदारको रुपमा लिइएको थियो । नेपालसँगै युगान्डा, अमेरिका, आयोजक बर्मुडा, ओमान र इटालीको सहभागिता रहेको डिभिजन-३ मा नेपालको सुरुवात भने सोचेअनुरुप हुन सकेन । विश्वकप छनोटमा स्थान बनाउने प्रतियोगिताको रुपमा समेत रहेको डिभिजन-३ को समूह चरणमा नेपालले सुरुवातका दुवै खेल हार्‍यो ।

    पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध ९४ रनको पराजय भोग्यो । अमेरिकाले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा एक बल बाँकी छँदै सबै विकेट गुमाएर २ सय ७२ रनमै सिमित भयो । कप्तान पारस खड्काले ७३ रन तथा शरद भेषावकरले ७२ रन बनाए । वसन्त रेग्मीले अमेरिकाका सर्वाधिक दुई खेलाडीको विकेट लिएका थिए । त्यसैगरी, दोस्रो खेलमा युगान्डाविरुद्ध ६ विकेटको पराजय भोग्दा सुरुवाती ब्याटिङ गरेको नेपालले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमात्र जोड्न सक्यो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक २४ रन बनाए । वसन्त रेग्मीले युगान्डाविरुद्ध सर्वाधिक २ विकेट हात पारे ।

    सुरुवाती दुई खेलमा पराजयपछि विश्वकपमा छनोटमा स्थान बनाउने सपना तुहिने खतरा बढिरहँदा नेपालले भने तेस्रो खेलमा बर्मुडालाई ८ विकेटको सानदार जित हात पार्‍यो । सुरुवाती ब्याटिङ गरेको बर्मुडालाई १ सय ६ रनमै समेट्न कप्तान पारस खड्काले ४ तथा वशन्त रेग्मीले ३ विकेट लिए । १ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा पारसले सर्वाधिक ४६ तथा ज्ञानेन्द्र मल्लले ३४ रन बनाए । चौँथो खेलमा भने ओमानलाई २८ विकेटले पराजित गर्दै समग्रमा दोस्रो जित दर्ता गर्‍यो । नेपालले ९ विकेटको क्षतिमा १ सय ६० रन बनाउँदा ज्ञानेन्द्र मल्लले ३४ तथा विनोद भण्डारीले ३२ रन जोडे । ओमानलाई १ सय ३२ रनमा अलआउट पार्दा सञ्जम रेग्मी र वसन्त रेग्मीले समान २/ २ विकेट हात पारे ।

    नेपालका लागि निकै नै महत्वपूर्ण मानिएको समूह चरणका अन्तिम खेलमा नेपालले इटालीलाई ८ विकेटले पराजित गर्दै तालिकामा दोस्रो हुँदै नेपालले न्यूजिल्यान्डमा २०१४ मा भएको विश्वकप छनोटमा स्थान सुरक्षित गर्‍यो । नेपालले युगान्डासँगै फाइनलमा समेत स्थान सुरक्षित गर्‍यो । समूह चरणमा युगान्डाले सर्वाधिक ४ खेल जित्दै ८ अंक जोड्दा नेपाल, अमेरिका र बर्मुडाले समान ३/ ३ खेल जित्दै ६/ ६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल दोस्रो स्थानमा रह्‍यो ।

    इटालीविरुद्ध १ सय २८ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा गर्दा सुवास खकुरेलले सर्वाधिक ४७ रन तथा प्रदीप ऐरीले ४२ रन बनाए । राहुल विश्वकर्मा र सञ्जम रेग्मीले समान ३/ ३ विकेट हात पारे । फाइनलमा भने नेपालले युगान्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन-३ को उपाधि समेत जित्यो । फाइनलमा युगान्डाविरुद्ध नेपालले समूह चरणमा भोगेको पराजयको बदला पनि लिन सफल भयो । फाइनलमा १ सय ५२ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर पूरा गर्दा प्रदीप ऐरीले ६० रन तथा शरद भेषवाकरले ५० रन बनाए । त्यसअघि युगान्डालाई १ सय ५१ रनमा रोक्न वसन्त रेग्मी र राहुल विश्वकर्माले समान २/ २ विकेट हात पारे । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend