Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा : आजदेखि तयारी थाल्ने


९, जेठ २०८०
  • 106
    SHARES
  • विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा : आजदेखि तयारी थाल्ने

    आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीकाे घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो जिम्बाब्वेमा हुने छनोटका लागि नेपालकाे २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

    प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा रहेका छन् । नेपाली टोलीले आजदेखि तयारी थाल्नेछ ।

    विश्व कप छनोट प्रतियोगितामा दश देशको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । विश्व कप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्व कप छनोटमा स्थान पक्का गरेका छन् ।

    १३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बङ्लादेश, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान सिधा विश्व कपका लागि छनोट भइसकेका छन् ।

    विश्व कप छनोटमा लिग–२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । त्यस्तै, विश्व कप प्लेअफ क्वालिफायरबाट अमेरिका र यूएई शीर्ष दुईमा रहँदै विश्व कप छनोटमा पुगेका छन् । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend