काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले दोस्रो जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई हराउदै दोस्रो जीत हासिल गर्न सफल भएको हो ।
नेपालले पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको थियो भने दोस्रो र तेस्रो सेट क्रमशः २५–८ र २५–९ ले जीतेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको थियो ।