Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दै


१०, जेठ २०८०
  • 179
    SHARES
  • एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दै

    एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् ।

    खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । 

    हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पनि किर्गिस्तान र बंगलादेशलाई हरायो ।

    किर्गिस्तान र बङगलादेश समूह चरणबाट बाहिरिएका छन् । किर्गिस्तान र बङगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ । प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् ।

    त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्। राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend