Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भलिबलले दिएको उपाधि-मगर बने पहिलो एभिसी अन्तर्राष्ट्रिय भलिवल रेफ्रि


१२, जेठ २०८०
  • 265
    SHARES
  • भलिबलले दिएको उपाधि-मगर बने पहिलो एभिसी अन्तर्राष्ट्रिय भलिवल रेफ्रि

    पोखरा । स्याङ्जा हरिनासका भलिबल खेलाडी तथा रेफ्रि टहल सिंह थापा मगर पहिलो एभिसी अन्तर्राष्ट्रिय भलिवल रेफ्रि बनेका छन् । काठमाण्डौमा जारी एनससी काभा ओमेन्स भलिबल च्यालेन्ज कप २०२३ मा  तीन खेलमा उत्कृष्ट  रेफ्रिको भूमिका निभाए संगै मगर पहिलो एभिसी अन्तर्राष्ट्रिय  रेफ्रि बन्ने अवसर प्राप्त गरेका हुन् । 

    सानै उमेर देखि नै भलिबलमा प्रवेश गरेका उनले नेपाल बंगलादेश, हङकङ  लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरिसकेका छन् । थापाले  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रि डेलिगेट, टेक्निकल डेलिगेट एवं रेफ्रि कोर्डिनेटरका साथै दक्षिण एसियाली खेलकुद (साग), सेन्ट्रल एसियन गेम्स, सेन्ट्रल जोन एसियन गेम्स खेलाएको अनुभव  बटुली सकेका छन् । त्यस्तै  नेपालबाट अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्र बदना राईका साथै  पूर्णप्रसाद चौलागाई, विजय केसी र विकास गुरुङ समेत एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् ।

    को हुन् टहल सिंह थापा मगर  ?
    २०३९ फागुन फागुन २० गते स्याङजाको हरिनास गाउँपालिकामा  जन्मेका टहल सिंह थापा मगर सानो उमेरबाटै भलिबलमा  रुचि राख्ने गर्दथे । पढाइको सिलसिलामा पोखरालाई कार्य क्षेत्र बनाउन पुगेका थापा मगरले  २०६० सालमा  पश्चिमाञ्चालको टिमबाट राष्ट्रिय प्रतियोगितामा  लिब्रोको भूमिकामा डेब्यू गरेका थिए । अग्रेंजी विषयमा स्नाकोत्तर (एमए) गरेका उनले अध्ययन सँगै खेल क्षेत्रलाई पनि साथमा लिएर अघि बढेका छन् । उनले २०६५ सालमा काठमाडौंमा  सम्पन्न पाँचौ राष्ट्रिय वृहत खेलकुद प्रतियोगितामा पश्चिमाञ्चाललाई रजत पदक, २०६८ मा धनगढीमा सम्पन्न छैटौं वृहत् राष्ट्रिय प्रतियोगितामा टिमलाई कास्य पदक हात पार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । त्यस्तै उनले  धेरै प्रतियोगितामा उत्कृष्ट लिब्रोको उपाधि प्राप्त  छन् । पोखराको तत्कालिन दृष्टि क्लवमा  टिम कप्तानको भूमिकामा रहेर दर्जनौं प्रतियोगितामा जित्न सफल भएका उनले  प्रायः उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्दै आएका छन् । 

    1.jpg
    undefined

    कसरी प्रवेश गरे रेफ्रिको भूमिकामा र ?
    काठमाण्डौमा भलिबल रेफ्रिहरुको ‘फिव भिसिपी (FIVB VCP)’ कोर्षमा सहभागि भएका उनले उक्त कोर्ष ‘ग्रेड ए’ मा उर्तिण हुन सफल भए । यसै गरी सन् २०११ मा नै नोभेम्वर ६ देखि १७ सम्म काठमाडौंमा सम्पन्न ‘फिव (FIVB) लेभल–१ भलिबल कोचेजमा समेत उनी  सर्वोत्कृष्ट बने । यसै गरी सन् २०१४ मा  पोखरामा सम्पन्न राष्ट्रिय भलिबल रेफ्रि कोर्षमा नेपाल भरबाट सहभागि मध्ये सर्वोत्कृष्ट बनेका थापाले सन् २०१७ बैंकको थाइल्याण्डमा सम्पन्न एभिसी इन्टरनेशनल रेफ्रि क्यान्डिडियट कोर्षमा उत्कृष्ट अंक ल्याउन सफल भए ।  

    33.jpg
    undefined

    नेपाल भलिबल संघ गण्डकी प्रदेशको महासचिव समेत रहेका उनले  भलिबल  खेलको लागि ठूलो योगदान दिएका छन् । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend