काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउदै भारत फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई हराउदै भारत फाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार भएको सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई भारतले क्रमशः २५—१७, २५—२० र २५—१५ अंकले जीत हासिल गरेको हो । फाइनल खेलको उपाधिका लागी भारतले दोस्रो सेमिफाइनल खेलको विजेतासँग भिडन्त गर्नेछ ।
नेपाल र काजाकस्तान बीचको दोस्रो सेमिफाइनल पाँच बजेदेखि सुरु हुनेछ ।