Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुपन्देहीमा आर्चरी खेलको उद्घाटन


१४, जेठ २०८०
  • 631
    SHARES
  • रुपन्देहीमा आर्चरी खेलको उद्घाटन

    बुटवल । राष्ट्रिय खेलकुद अन्र्तगत पर्ने आर्चरी (धनुष बाण) खेल रुपन्देहीमा पहिलोपटक उद्घाटन गरिएको छ । आइतवार बुटवलको हिलपार्कमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । आर्चरी खेलको उद्घाटन प्रदेश खेलकुद परिषद् लुम्विनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले आर्चरी खेलले व्यक्तिको शाररीक सँगै सबैभन्दा धेरै बौद्धिक विकासमा टेवा पुग्ने जनाए । रुपन्देही जिल्ला खेलुकद विकास समितिको अगुवाईमा पहिलोपटक व्यवसायीक रुपमा आर्चरी खेललाई अगाडि बढेकाले यसलाई व्यवस्थित स्थायी संरचना सहित सञ्चालन गर्नका लागि प्रदेशको तर्फबाट आफुले भरपूर सहयोग गर्ने बताए । 

    रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रवहादुर क्षत्री (हरीले) आफु जिल्ला खेलकुदमा आएलगत्तै पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उक्त खेल समावेश भएको तर जिल्लामा सो खेल खेल्ने सिमित खेलाडी भएपनि व्यवसायिक नभएको अवस्थामा पनि नवौं राष्ट्रिय प्रतियोगितामा भाग लिएसँगै आर्चरी खेललाई निरन्तरता दिने र नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले खेलकुदमा आवश्यक बजेट नभएकाले आफ्नो व्यक्तिगत २ लाख रुपैयाँ लगानीमा ४ वटा धनुष बाण किनेर खेललाई अगाडि बढाएर हाल अस्थायी रुपमा भएपनि उद्घाटन गरिएको वताए । अध्यक्ष हरीले भने, मेरो कार्यकालसम्म स्थायी संरचना तयार गरी व्यवसायीक रुपमा आर्चरीलाई विकसित गराएरै छाड्नेछु, । मैले शुरु गरिसके अब स्थानिय सरकार र प्रदेश सरकारले पनि खेलाडी उत्पादन सँगै बजेट विनियोजनमा ध्यान दिनुपर्ने उल्लेख गरे । भोलीदेखि १ महिनासम्म निःशुल्क प्रशिक्षण गराइने र त्यसपछि व्यवसायीक रुपमा खेलाईने बताईएको छ ।

    हाल जिल्लाका ढाबा, भलवारी, खैरेनी, ढेकवार (अरनिको बस्ती), बुटवल, सालझण्डी लगायतमा व्यक्तिगत रुपमा धनुष बाण राखेर केहि व्यक्तिहरु स्वछिच्क रुपमा खेलिदै आईएको पाईएको छ । उद्घाटनमा हिलपार्क संरक्षण समितिका अध्यक्ष भिम तुलाचन, क्षत्री समाज नेपालका जिल्ला अध्यक्ष गुप्त वहादुर केसी, नगरका कुलवहादुर केसी, क्षत्री प्रतिष्ठानका अध्यक्ष लेखबहादुर कार्की, बक्सिङ संघ रुपन्देहीका अध्यक्ष राजु गुरुङ, समाजसेवी भक्त थापा लगायतको उपथिती रहेको थियो।  

    जहाँ खेलाडी थिए, खेल थिएन 
    आर्चरी खेल भन्नाले धनुष बाणबाट तीर हान्ने खेल हो । यो खेल हेर्दा निकै आकर्षक देखिन्छ । रुपन्देहीमा हालसम्म उक्त खेलका लागि कुनै संरचना र धनुष बाण थिएन । तर खेलाडी भने राष्ट्रिय प्रतियोगितामा समेत भाग लिएर खेलेका छन् । पहिले धेरै भएपनि पछिल्लो समय उक्त खेल खेल्ने स्थान र सामान नभएपछि विस्थापित भएभने, अहिले एकजना मात्रै भेटिए । जुन उनी आर्चरीको कोच समेत मानिन्छन् । उनि हुन् बुटवलको ट्राफिक चोकका भगत गुरुङ । २०४४ सालदेखि फुटबलबाट खेलकुद क्षेत्रमा प्रवेश गरेका उनि बक्सिङ, उसु हुँदै विगत १५ बर्षदेखि  आर्चरी खेलमा छन् । २०६६ सालमा छैठौं राष्ट्रिय प्रतियोगिता बाट धनगढी, गाईघाटमा सञ्चालन भएको सातौं प्रतियोगिता र बाँकेमा भएको आठौं प्रतियोगिता र काठमाण्डौं राखेप कप प्रतियोगितामा भाग लिएर टप फाईभमा पुगेका खेलाडी छन् ।

    उनि अहिले आर्चरी खेलको लुम्बिनी प्रदेश प्रमुख छन् । उनका अनुसार यसअघि रुपन्देही जिल्ला खेलकुद विकास समितले कुनै चासो नदिएको र आफुले आर्चरी खेललाई विकास गर्नका लागि धेरैपटक ध्यानाकर्षण गरेपनि तर कुनै चासो नदिएको गुनासो गरे । उद्घाटन खेलमा आफ्नै धनुष बाण बोकेर सैनामैनाका दिलु थापा पनि आए। सैनामैना नगरपालिका ४ मुर्गियाका उनि ५ बर्षयता सो खेल खेल्दै आएका छन्। धनुष बाण समेत आफै  बनाउने र बिक्रिवितरण पनि गर्ने गरेका थापा पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समितिको पहलमा पहिलोपटक भाग लिए । स्थानिय स्तरमा बार्षिक रुपमा खेल्दै आएका थापा राष्ट्रियद स्तरको प्रतियोगितामा समावेश हुन पाउँदा थप धेरै कुराहरु जान्ने मौका पाएको बताए। 

    उनले भने, यस खेलमा खेल्न आउनेहरुको संख्या कमि छ । एउटा टिममा ६ जना चाहिन्छ । एकचरणको प्रतिष्पर्धामा ७/८ वटा टिम खेल्नुपर्ने हुन्छ । आफुहरुको नगरमा धेरैजनालाई उत्पादन गर्दै आएकाले सैनामैनाको गंगानगरमा नगरपालिकाको करिव १८ लाख रुपैयाँ आर्थिक सहयोगमा आर्चरी खेलका लागि जग्गा अधिग्रहण गर्नुको साथै व्यवस्थित ट्रष्ट समेत बनाईएको जनाए । गंगानगर आर्चरी क्लबको नाममा जग्गा प्राप्त भएको र जसको नेतृत्व अनिल बहादुर बुढाथोकी लगायतले गरेको वताए ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend