Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईपीएलको १६ औँ संस्करण उपाधि चेन्नईलाई


१६, जेठ २०८०
  • 126
    SHARES
  • आईपीएलको १६ औँ संस्करण उपाधि चेन्नईलाई

    काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १६ औँ संस्करणको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । फाइनलमा साविक विजेता गुजरात टाइटान्सलाई ५ विकेटले पराजित गर्दै महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईले जित हासिल गरेको हो । पहिलो दिन वर्षाले टससमेत हुन नसकेको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रिजर्भ डेमा पनि वर्षाले असर गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २१४ रन बनायो ।

    साइ सुदर्शनले ४७ बलमा ९६ रन जोडे । त्यस्तै ऋद्धिमन साहाले ३९ बलमा ५४, शुबमन गिलले २० बलमा ३९ तथा कप्तान हार्दिक पाण्डेयाले १२ बलमा अविजित रहँदै २१ रन जोडे । मथिशा पथिरानाले २ विकेट लिए । जवाफमा ३ बल खेल्दा वर्षाले केही समय प्रभावित भएपछि १५ ओभरमा १७१ रनको नयाँ चुनौती पाएको चेन्नईले ५ विकेट गुमाएर पूरा गर्यो । रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गर्दै चेन्नईलाई जिताए । 

    प्लेयर अफ द फाइनल देवोन कन्वेले २५ बलमा ४७, शिवम दुवेले २१ बलमा अविजित रहँदै ३२, अजिन्क्या रहानेले १३ बलमा २७, ऋतुराज गायकवाडले १६ बलमा २६, अम्बाति रायुडूले ८ बलमा १९ तथा रविन्द्र जडेजाले ६ बलमा अविजित रहँदै १५ रन जोडे । मोहित शर्माले ३ विकेट लिए । १० टोलीले सहभागीता जनाएको यो प्रतियोगितामा लिग चरणमा शीर्ष स्थानमा रहँदै गुजरात र दोस्रो स्थानमा रहँदै चेन्नईले पहिलो क्वालिफायर खेलेका थिए । उक्त खेल चेन्नईले जितेपछि गुजरातले दोस्रो क्वालिफायर खेल्दै मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको थियो ।

    लखनउ सुपर जाइन्टस तेस्रो तथा मुम्बई इन्डियन्स चौथो हुँदै प्लेअफमा पुगेका थिए । इलिमिनेटरमा मुम्बईले लखनउलाई हराएको थियो । दोस्रो क्वालिफायरमा मुम्बई गुजरातसँग पराजित भयो । 

    १६ औं संस्करणको समाप्तिसम्म चेन्नईले मुम्बईको बराबरी गरेको छ । दुवै टिमले अहिलेसम्म समान ५ उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend