Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मलेसियाविरुद्ध नेपालको सहज जित


१६, जेठ २०८०
  • 127
    SHARES
  • मलेसियाविरुद्ध नेपालको सहज जित

    काठमाण्डौँ । मलेसियासँगको ५ खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै सिरिजलाई १/१ को अवस्थामा ल्याएको छ। पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा भने सहज जित हासिल गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
    नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रनको इनिङ खेलिन्। त्यस्तै, कविता कुवरले २६ रन बनाउँदा सिता राना मगरले २३ रन बनाएकी थिइन्।

    नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटका लागि ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए। त्यस्तै, नेपालका लागि विन्दु रावल १८ बलमा २ चौकासहित १७ रन बनाएकी थिइन्। मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान १/१ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो। मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाउँदा दुरासिंघम २६ बलमा ३ चौकासहित २० रन बनाइन्। वान जुलिया ३५ बलमा २० रनमा आउट हुँदा हामिजाह हाशिम १४ रनमा अविजित रहेकी थिइन्। नेपालको लागि कप्तान रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए। नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो। जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ। जेठ २० र २१ मा नेपालले चौथो र पाँचौँ खेल खेल्ने कार्यतालिका रहेको छ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend