काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
सन्दीपले जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरका लागि विदेश उड्न लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मङ्गलबार समाजिक सञ्जाल मार्फत शुभकामना दिँदै खेलमा आफ्नो क्षमता प्रर्दशन गर्न आग्रह गर्दै नेपालको नाम उच्च राख्न सुझाव दिए।
लामिछाने माथि जिल्ला अदालत काठमाडौंमा परेको मुद्धाको सुनुवाई पटकपटक स्थगित् हुँदा उनी टोलीसँगै विदेश जान असमर्थ भएका हुन्।