Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सातौँ पटक युरोपा लिगको उपाधि


१८, जेठ २०८०
  • 130
    SHARES
  • सातौँ पटक युरोपा लिगको उपाधि

    स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि सातौँ पटक जितेको छ। बुडापेस्टको पुस्कास ऐरेनामा बुधबार राति भएको खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै उपाधि जितेको हो।

    गोनजालो मोनटीएलले सेभिल्लाको जितमा निर्णायक पेनाल्टी प्रहार गरेका थिए। उनले यसअघि अर्जैन्टिनाले विश्वकप जित्दापनि निर्णायक पेनाल्टी प्रहार गरेका थिए। रोमाका लागि भने रोगर इबानेज र जियानलुका मानसिनीले पेनाल्टी मिस गरेपछि सेभिल्लाको अनतिम पेनाल्टीको मौका गोनजालोले गरेका थिए।

    स्पेनिस क्लबले फाइनल पुगेको सातौँ उपाधि जित्न सफल भयो। अहिले सम्म २००६ पछि सातपटक फाइनलमा पुगेको सेभिल्लाले सबै सातै पटक उपाधि जितेको छ। जितसँगै सेभिल्लाले आगामि सिजनको च्याम्पियन्स लिगको लागि समेत छनोट भएको छ। स्पेनिस क्लब शीर्ष चार बाहिरबाट छनोट हुन सफल भयो। अहिलेको अङ्क तालिकामा सेभिल्ला अन्तिम खेल बाँकी रहँदा ११ औँ स्थानमा रहेको छ।

    सेभिल्लाविरुद्ध रोमाले ३४ औँ मिनेटमा अग्रता लिएको थियो। मोन्टेलाका अन्तर्राष्ट्रिय सहकर्मी पाउलो डिबालाले जियानलुका मानसिनीको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ५५ औँ मिनेटमा मानसिनीको आत्माघाति गोलमा सेभिल्लाले खेल बराबरीमा ल्याएको थियो।त्यसपछि निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिएको थियो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend