Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आकाश र प्रिया प्रथम हुन सफल

गुरिल्ला अल्ट्रा ट्रेल दौड प्रतियोगिता सम्पन्न


२, असार २०८०
  • 267
    SHARES
  • गुरिल्ला अल्ट्रा ट्रेल दौड प्रतियोगिता सम्पन्न

    ,
    रुकुम पुर्व। भूमे गाउँपालिकाले आयोजना गरेको १० किलोमिटर गुरिल्ला अल्ट्रा ट्रेल दौडमा पुरुष तर्फ भूमे–२ जंगाधाराका आकाश रोका मगर र महिला तर्फ भूमे–२ खाबाङका प्रिया पुन मगर प्रथम हुनुभएको छ। १० किलोमिटरको तेस्रो संस्करणको गुरिल्ला अल्ट्रा ट्रेल दौडमा पुरुष तर्फ प्रथम हुनु भएका रोका मगरले निर्धारित १ घण्टा १२ मिनेटमा दुरी पार गर्दै प्रथम हुँदा महिला तर्फ पुन मगरले निर्धारित १ घण्टा ४३ मिनेटको दुरी पार गर्दै प्रथम हुनु भएको हो।

    पुरुष तर्फ १ घण्टा १४ मिनेटको दुरी पार गर्दै भूमे–६ का रामकुमार बुढा मगर दोस्रो हुनुभएको छ । १ घण्टा  १४  मिनेट ३० सेकेन्डमा पार गरेर  भूमे–१ लुकुमका हिराधन घर्ती मगर तेस्रो र निर्धारित दुरी १ घण्टा १५ मिनेटमा पार गरेर पुथाउत्तरगंगा गाउँपालिका–१४ का कुमार पुन मगर सान्त्वना हुनु भएको आयोजकले जनाएको छ।यसैगरी पाँचौ देखि दसौँ स्थान हासिल गर्नेहरु क्रमशः भूमे-७ का रबिन रोका, सोही वडाकै सन्दीप बुढा मगर, भूमे–१ का बिलप्रसाद बुढा मगर, सोही वडाकै अमृत घर्ती,रोल्पा थबाङ गाउँपालिका–२ का सन्दीप रोका र थबाङ–१ का निर्माल रोका मगर रहनु भएको छ।

    यस्तै महिलामा दोस्रो १ घण्टा ४७ मिनेटमामा निर्धारित दुरी पार गरी भूमे–२ खाबाङका सम्झना बुढा मगर दोस्रो हुनु भएको छ भने निर्धारित दुरीमा १ घण्टा ४९ मिनेट पार गरेर भूमे–६ महतकी सुप्रिया बुढी मगर तेस्रो र २ घण्टा ९ मिनेटमा निर्धारित दुरी पार गरी भूमे-६ महतका सुनथामी बुढा मगर सान्त्वना हुनु भएको छ। १० किलोमिटर दौड भूमे६ महतबाट सुरु गरिएकोमा गाउँपालिकाकै सेबाङपो-सानोलेक-कोइचा-खाबाङ तिला-मारिङ-खाबाङ गाउँ हुँदै खाबाङ बगरमा आएर सकिएको थियो।

    यस दौड तर्फ महिलारपुरुषलाई समान प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार ५ सय, तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार ५ सय रुपियाँ सहित मेडल, प्रमाण पत्रको व्यवस्था गरिएको छ । भने पाँचौँ देखि दसौँ स्थान हासिल गर्ने प्रतियोगीलाई प्रतिव्यक्ति १र१ हजार सहित प्रमाण पत्र प्रदान गरिने छ।१० किलोमिटरको दौडमा पुरुष तर्फ २५ र महिला तर्फ १२ जना गरी ३७ जनाको प्रतिस्पर्धा रहेको थियो।

    यस प्रतियोगितामा रुकुम पूर्व र रोल्पाका खेलाडीको सहभागिता रहेको थियो।५२ र १० किलोमिटरको गुरिल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ।५२ किलोमिटरको दौड जारी रहेको बताइएको छ।दौड प्रतियोगिता बिहान ७ बजे देखि सुरु भएको हो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend