Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र हङकङबीचको खेल वर्षाले रद्द, नेपाल बाहिरियो


२, असार २०८०
  • 237
    SHARES
  • महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र हङकङबीचको खेल वर्षाले रद्द, नेपाल बाहिरियो

    एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपाल र घरेलु टोली हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

    खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो । खेल वर्षाले रद्द भएसँगै नेपाल र हङकङले १र१ अङ्क बाँडेका छन् । नेपाल ३ खेलमा २ अङ्कसहित समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतको ‘ए’ टोलीसँगको खेल पानी परेका कारण प्रभावित हुँदा अंक बाँडेको थियो । 

    नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागी हुने अवसर पाएको थियो ।

     

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend