Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने


५, असार २०८१
  • 164
    SHARES
  • इजरायलले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने

    काठमाण्डौ। इजरायल सरकारले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक भित्र्याउने निर्णय गरेको समाचार संस्था फिलिपिनले जनाएको छ ।

    इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गएको मे १५ तारिखमा उच्चस्तरीय समिति बनाउनुभएको थियो । इजरायलले सबैभन्दा धेरै कृषि क्षेत्रमा ६५ हजार जना भित्राउने निर्णय गरेको छ । अक्टोबर ७ मा हमासको आक्रमण हुनु अघि इजरायलको कृषि क्षेत्रमा २९ हजार नौ सय जना विदेशी कामदार थिए ।

    उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना भित्राउने जनाएको छ । इजरायलले रेष्टुरेन्टमा पहिलोपटक विदेशी कामदार भित्राउन लागेको हो ।

    अहिले ४५ हजार विदेशी कामदार रहेको केयर गिभर क्षेत्रमा भने यस पटक कामदार भित्राउने निर्णय भएको छैन । यस्तै कुन–कुन देशबाट कामदार ल्याउने भन्ने निर्णय पनि नभएको इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था फिलिपिनले जनाएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend