Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कांग्रेसमा एकताको सन्देश : ‘सहमति र सहकार्यबाट महाधिवेशन सफल बनाऔँ’- पुष्पा भुसाल


४, असोज २०८३
  • 1,432
    SHARES
  • अर्घाखाँची कांग्रेसमा एकताको सन्देश : ‘सहमति र सहकार्यबाट महाधिवेशन सफल बनाऔँ’- पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भुसालले पार्टीभित्रको एकतालाई थप मजबुत बनाउँदै आगामी १५औँ महाधिवेशनलाई सर्वसम्मत वातावरणमा सफल बनाउन अर्घाखाँची कांग्रेसलाई आग्रह गर्नुभएको छ।

    नेपाली कांग्रेस अर्घाखाँची प्रदेश ‘क’ को बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै भुसालले ‘एकता नै कांग्रेसको बल’ भएकाले आपसी समझदारी र सहकार्यका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

    उहाँले असोज १६ गतेदेखि सुरु हुने १५औँ महाधिवेशनलाई सफल बनाउन असोज ७ र १० गते हुने अधिवेशनका प्रक्रियामा समेत सर्वसम्मत वातावरण निर्माण गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। 

    नेतृत्व चयनमा आपसी सहमति कायम गर्दै पार्टीभित्र एकताको सन्देश प्रवाह गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

    जिल्ला पार्टी कार्यालयको हलमा सम्पन्न बैठकमा प्रदेश ‘क’ को संगठनात्मक गतिविधि तथा कार्यकालको समीक्षासमेत गरिएको थियो। बैठकमा आगामी असोज ७ र १० गते हुने अधिवेशनको तयारी, व्यवस्थापन र संगठनलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

    उपसभापति भुसालले संगठनको आन्तरिक एकता बलियो भए मात्रै कांग्रेसले आगामी राजनीतिक चुनौतीको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताउँदै व्यक्तिगत प्रतिस्पर्धाभन्दा संगठनको हित र पार्टीको दीर्घकालीन मजबुतीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। 

    साथै नेता भुसालले संगठनलाई जनतासँग जोड्ने, आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउने र सहमति तथा सहकार्यको संस्कारलाई निरन्तरता दिने विषयमा जोड दिनुभएको थियो ।

    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, जिल्ला सभापति केशव श्रेष्ठ, प्रदेश ‘ख’ सभापति हेमन्त बेल्बासे, अर्घाखाँची-रुपन्देही सम्पर्क समितिका सभापति टिकाराम बन्जाडे तथा अर्घाखाँची-काठमाडौं सम्पर्क समितिका सचिव किरण पोखरेल लगायतले पनि पार्टीको एकता, संगठन सुदृढीकरण र अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा वक्ताहरूले धारणा राख्नुभएको थियो।

    बैठकमा प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो।

    उक्त बैठकको अध्यक्षता नेपाली कांग्रेस प्रदेश ‘क’ का सभापति राजेश कुमार पन्थीले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायणप्रसाद भुसालले गर्नुभएको थियो।

    बैठकले कार्यकालको समीक्षा, आगामी अधिवेशनको तयारीसँगै संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। भुसालको ‘एकताको सन्देशसहित महाधिवेशन सफल बनाउने’ आग्रहलाई बैठकले विशेष महत्वका साथ अघि बढाएको थियो।

    9584c8d1-d24b-4968-a870-f406ce4011e1.jpg

    WhatsApp Image 2026-09-20 at 8.26.57 PM.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend