Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा कांग्रेस जिल्ला अधिवेशनको तयारी पूरा, निर्वाचन अधिकृत रेग्मीले भनिन्-‘सबै व्यवस्था मिलाइएको छ’


२, असोज २०८३
  • 1,045
    SHARES
  • अर्घाखाँचीमा कांग्रेस जिल्ला अधिवेशनको तयारी पूरा, निर्वाचन अधिकृत रेग्मीले भनिन्-‘सबै व्यवस्था मिलाइएको छ’

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा हुने जिल्ला अधिवेशनका लागि निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत अधिवक्ता अन्जु रेग्मीले बताउनुभएको छ।

    नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिबाट जिल्ला प्रतिनिधिका रूपमा अर्घाखाँची आइपुग्नुभएकी निर्वाचन अधिकृत रेग्मीले निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको जानकारी दिनुभयो।
    उहाँका अनुसार निर्वाचन प्रक्रिया सञ्चालनका लागि आवश्यक व्यवस्थापन, निर्वाचन सामग्री तथा प्राविधिक तयारीलगायतका काम सम्पन्न भइसकेका छन्। 

    निर्वाचनका क्रममा पार्टीको विधान, निर्वाचन निर्देशिका तथा केन्द्रीय निर्वाचन समितिले तोकेको प्रक्रियालाई आधार बनाइने उहाँले बताउनुभयो।

    यता, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले पनि असोज ३ गते हुने निर्वाचनका लागि जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ।

    सभापति श्रेष्ठका अनुसार जिल्लाभरबाट सहभागी हुने प्रतिनिधि तथा उम्मेदवारलाई लक्षित गर्दै निर्वाचन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन आवश्यक समन्वय गरिएको छ। उहाँले निर्धारित कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न हुने बताउनुभयो।

    १५औँ महाधिवेशनको तयारीअन्तर्गत देशभर कांग्रेसको संगठनात्मक गतिविधि तीव्र भइरहेका बेला अर्घाखाँचीमा पनि जिल्ला अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन समिति र जिल्ला नेतृत्वले तयारीलाई अन्तिम रूप दिएको हो।

    निर्वाचन अधिकृत रेग्मी र जिल्ला सभापति श्रेष्ठले निर्वाचनमा सहभागी सबै पक्षलाई पार्टीको लोकतान्त्रिक अभ्यास र निर्वाचन आचारसंहिताको पालना गर्दै सहयोग गर्न आग्रह गर्नुभएको छ।

    WhatsApp Image 2026-09-18 at 8.56.16 PM.jpeg

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • सोमबार देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार असोज १२ गते देशभर आंशिक बदली रहनेछ। हिमाली

  • गुल्मीमा बाढीपहिरोको त्रास, २३१ घर उच्च जोखिममा

    गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोले गुल्मीका विभिन्न स्थानीय तहमा जनजीवन प्रभावित बनेको छ। जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend