Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० नेपाली बेपत्ता


११, असोज २०८३
  • 78
    SHARES
  • मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० नेपाली बेपत्ता

    काठमाडौं । मनाङको नारफू क्षेत्रमा रहेको हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना नेपाली बेपत्ता भएका छन्।

    मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा हराएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।

    पौडेलका अनुसार एउटा हेलिकप्टरले उद्धार टोलीलाई हिमपहिरो गएको भनिएको स्थानमा पुर्‍याइसकेको छ भने अर्को हेलिकप्टरसमेत उद्धारका लागि त्यसतर्फ पठाउने तयारी गरिएको छ।

    हिमपहिरो गएको स्थान उच्च हिमाली तथा कठिन भूगोलमा रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ। घटनाको विस्तृत विवरण तथा बेपत्ताको अवस्था उद्धार टोलीले स्थलगत खोजी गरेपछि थप स्पष्ट हुने प्रशासनले जनाएको छ।

    हाल सुरक्षाकर्मी तथा उद्धार टोलीले हिमपहिरोमा फसेकाहरूको खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • सोमबार देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार असोज १२ गते देशभर आंशिक बदली रहनेछ। हिमाली

  • गुल्मीमा बाढीपहिरोको त्रास, २३१ घर उच्च जोखिममा

    गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोले गुल्मीका विभिन्न स्थानीय तहमा जनजीवन प्रभावित बनेको छ। जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend