Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बंगलादेशमा २२ वर्ष अघि लोप भएको घोषणा गरिएको सर्पको आतंक


९, असार २०८१
  • 156
    SHARES
  • बंगलादेशमा २२ वर्ष अघि लोप भएको घोषणा गरिएको सर्पको आतंक

    काठमाडौं : बंगलादेशमा विषालु सर्प आतंक फैलिएको छ। २२ वर्षअघि लोप भएको घोषणा गरिएको रसेल भाइपर प्रजातिको सर्प पुनः फर्किएको र यसले मानवीय क्षति बढाएको अधिकारीहरुले जनाएका छन्। 

    गत वर्षको एक अध्ययनअनुसार बंगलादेशमा विषालु सर्पको डसाइबाट वर्षेनी ७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तत्काल उपचार नपाएर यसरी ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको अध्ययनले देखाएको हो।

    विषालु सर्पको बिगबिगी बढेसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य केन्द्र र अस्पतालहरुमा एन्टिभेनम स्टक राख्न आदेश दिएको छ। 

    स्वास्थ्यमन्त्री सामन्त लाल सेनले सबै स्वास्थ्य केन्द्रलाई एन्टिभेनम व्यवस्था गर्न निर्देशन दिँदै सजगता अपनाउन अपिल गरेका छन्।

    मुसालाई आफ्नो मुख्य शिकार बनाउने गरेको रसेल भाइपर प्रजातिको विषालु सर्प अहिले अधिकांश ग्रामिण क्षेत्रहरुमा देखिन थालेको अधिकारीहरुले जनाएका छन्। 

    रसेल भाइपर सर्प आमरुपमा केही चिसो क्षेत्रमा रहने भए पनि जलवायु परिवर्तनको असरले गर्दा अहिले बंगलादेशका अन्य धेरै क्षेत्रमा बाक्लो रुपमा देखिन थालेको बताइएको छ। 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend