Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाल यौन दुराचारमा 'तपस्वी' रामबहादुर बम्जन दोषी ठहर


११, असार २०८१
  • 170
    SHARES
  • बाल यौन दुराचारमा 'तपस्वी' रामबहादुर बम्जन दोषी ठहर

    काठमाण्डौ । रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको छ ।

    सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई बालयौन शोषण मुद्दामा दोषी ठहर गरेको हो ।

    सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जन दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।

    अभियुक्त बम्जन अहिले पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व हिजोको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए ।

    अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलङ्गवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो । बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो ।

    न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गएको पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।    

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend