Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप छनोटको पहिलो चरणः प्रारम्भिक चरणमै परेनन् साफ खेलाडी


१७, असार २०८०
  • 102
    SHARES
  • विश्वकप छनोटको पहिलो चरणः प्रारम्भिक चरणमै परेनन् साफ खेलाडी

    काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफमा समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले प्रारम्भिक टिम छनोटमा नै ६ खेलाडीलाई टिममा सहभागी गराएका छैनन्। उनले साफ च्याम्पियनसिप खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीका ६ खेलाडी बाहिर राख्दै ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।

    ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनले टोलीमा खेलाडी छनोट गरेका हुन्। साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नवीन लामा र मणि लामा तथा फरवार्ड दीपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन्।

    विशालले राष्ट्रिय टिमबाट सन्न्यासको तयारीमा रहँदा अन्य खेलाडी अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ। नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ। दुई लिगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ।

    ३० सदस्यीय प्रारम्भिक टोलीः
    गोलरक्षकः किरण चेम्जोङ, अनिश देउला, अभिषेक बराल, दीप कार्की डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई मिडफिल्डरः एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजँग कार्की, दिनेश हेन्जन

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend