Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विज्ञान प्रविधिसम्बन्धी दुई विधेयकमा त्रिविका प्राध्यापकसँग छलफल


१४, असार २०८१
  • 159
    SHARES
  • विज्ञान प्रविधिसम्बन्धी दुई विधेयकमा त्रिविका प्राध्यापकसँग छलफल

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागका प्राध्यापक र विद्यार्थीहरुसँग विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी विधेयकको मस्यौदामा छलफल गरेको छ ।

    बिपी कोइराला विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा आज सम्पन्न कार्यक्रममा त्रिवि रसायनशास्त्र केन्द्रीय विभाग, कम्प्युटर विज्ञान केन्द्रीय विभाग, भौतिकशास्त्र केन्द्रीय विभाग, गणितशास्त्र केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, वातावरण विज्ञान केन्द्रीय विभाग, वनस्पति विज्ञान केन्द्रीय विभाग, प्राणीशास्त्र केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभागलगायतका विभागबाट प्रतिनिधित्व भएको थियो ।

    सो अवसरमा दुवै ऐनबारे भएका सैद्धान्तिक व्यवस्थाका विषयमा केन्द्रित भइ मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी लगायतले प्रस्तुतीकरण गर्नुभएको थियो । छलफलमा भाग लिँदै सहभागीहरूले विश्वविद्यालयभित्र हुने अनुसन्धानलाई विधेयकले प्राथमिकीरण र लगानी बढाउनुपर्ने, अनुसन्धानकर्ताको मनोबल उच्च गराउन राज्यले भूमिका खेल्नुपर्ने, अनुसन्धानमा हुने प्रक्रियागत झन्झटलाई कम गर्नुपर्नेमा जोड दिनुभयो ।

    सहभागीहरुले नेपालका विभिन्न मौलिक जैविक पदार्थ अनुगमनबिना बाहिर जाने गरेको उल्लेख गर्दै नियन्त्रण हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मन्त्रालयका सह–सचिव इन्दु विक्रम जोशीले हाल नेपालमा विज्ञान प्रविधिको प्रवद्र्धनका लागि एसटीआई गनर्भेन्स तथा लगानीका लागि एसटीआई फन्ड आवश्यक भएको विधेयकको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।

    मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले विज्ञान प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विधेयक र प्रविधि उद्योमोदय कोष् सँग सम्बन्धित विधेयकहरू दुवैले विश्वविद्यालयका अनुसन्धानकर्तालाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

    “अनुसन्धानहरूले देशको आर्थिक विकासमा टेवा पुर्‍याउने किसिमले देखिने गरी प्रभाव बढाउन आवश्यक रहेको र मन्त्रालयले विज्ञान प्रविधिको समग्रता समेट्ने किसिमको विधेयकको प्रारम्भिक मस्यौदा मात्र निर्माण गरी सरोकारवालाहरूको सुझाव समेट्छौँ”, उहाँले भन्नुभयो ।

    सुझावका लागि दुवै विधेयकको मस्यौदा मन्त्रालयको वेवसाइटमा पनि सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दुवै विधेयकका मस्यौदामा सरोकारवालाको सुझावअनुसार मस्यौदा संशोधन गरेर मन्त्रिपरिषद्मा लैजाने तैयारी गर्नुभएको जनाइएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend