Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशी प्रदेश : मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाको पनि दाबी


१८, असार २०८०
  • 225
    SHARES
  • कोशी प्रदेश : मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाको पनि दाबी

    काठमाण्डौ । कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आआफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी कसरतमा जुटेका हुन् ।

    प्रदेश प्रमुख खापुुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्न आउँदो २१ गते बिहीवारसम्मको समय दिएका छन्।   गएको शुक्रवार हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा २ को प्रयोग भइसकेको भन्दै उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो । 

    प्रदेश प्रमुखबाट उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । अहिले विपक्षीमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन बनाएर सरकार गठन गर्ने दाबी गरेका छन् ।

    ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्दा गठबन्धनसँग जम्मा ४६ प्रदेश सभा सदस्य मात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

    प्रदेश सभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् । गठबन्धन दलले राप्रपालाई सहभागी गराएर नयाँ सरकार गठनको गृहकार्य थालेको छ । तर मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाले पनि दाबी गर्दै आएको छ । केन्द्रबाटै टुङ्गो लगाउन नेताहरुले दौडधुप बढाएका छन् । 

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend