Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गयो


१८, असार २०८१
  • 270
    SHARES
  • रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गयो

    काठमाण्डौ – रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको ज्यान गएको छ ।

    माडी गाउँपालिका वडा नम्बर ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप  हिजो बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र र एक महिलाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend