Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हाइपर फण्ड ठगीमा ६३ जनाविरुद्ध मुद्दा दायर, ६१ जना फरार


१९, असार २०८१
  • 139
    SHARES
  • हाइपर फण्ड ठगीमा ६३ जनाविरुद्ध मुद्दा दायर, ६१ जना फरार

    काठमाडौं । हाइपर फण्ड (हाल हाइपर भर्स) का नाममा नेटवर्किङ खडा गरेर ठगी गरिएको आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेको हो ।

    मंगलबार जिल्ला अदालतमा ६३ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा गरिएको छ । ५८ जनाबाट ७ करोड ७२ लाख ८५ हजार ९२१ रुपैयाँ ठगी भएको दाबी गर्दै सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

    मुद्दा दर्ता गरिएकामध्ये ६१ जना फरार छन् । २ जना भने पक्राउ प्रतिवादी बनेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी ५१ वर्षीया काजल भनिने नानु घिमिरे र लमजुङको बेसीशहर नगरपालिका–११ का ३७ वर्षीय कृष्णकान्त भण्डारी छन् । बाँकी ६१ जना भने फरार छन् ।

    हाइपर फण्डको नाममा करिब ४० करोड रुपैयाँ ठगी गरेको सीआईबीको अनुसन्धानमा खुले पनि पीडित पीडक दुवै विदेशमा रहेकाले उजुरी कम आएको सीआईबीले जनाएको छ । त्यसैगरी मुद्दा दायर भएका ६१ जनामध्ये अधिकांश देश बाहिरै रहेकाले पक्राउ गर्न नसकिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटी बताउँछन् ।

    संगठित रुपमा ठगी गरेको आरोपमा सीआईबीले घिमिरेलाई २० वैशाखमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी पक्राउ परेपछि कृष्णकान्त पक्राउ परेका थिए । संगठित अपराधको कसुरमा ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्दा यो ठगी प्रकरणमा ६३ जनाको संलग्नता खुलेको हो ।

    घिमिरे सहितको समूहले तेब्बरसम्म कमाइ हुने आश्वासन दिएर सर्वसाधारणलाई ‘हाइपर भर्स’ मा रकम हाल्न लगाएर पिरामिड शैलीमा ठगी गरिएको थियो । प्रहरीका अनुसार हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि साइटमा प्रवेश गरेर मिटिङमा समावेश गराइन्छ ।

    त्यसपछि हाइपर भर्स नामक ‘ब्लक चेन टेक्नोलोजी’ कम्पनीका मुख्य सञ्चालक काजल, रोशन भन्ने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमार गुरुङ, मोदनाथ बेल्वासे, योगेन्द्र मिलन छन्त्याल, चन्द्रकुमार लिम्बू तुम्बाहाम्फे, रेनु माया तामाङ, कृष्ण कान्त भण्डारी, देवेन्द्र गौतमलगायतका व्यक्तिले जुम मिटिङमार्फत हाइपर भर्समा लगानी गर्न काउन्सिलिङ गर्ने गरेको खुलेको थियो ।

    हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रूपमा ठगी गरेको पाइएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend