Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भलिबलको उपाधि न्यू होराइजनलाई


१८, असार २०८०
  • 204
    SHARES
  • भलिबलको उपाधि न्यू होराइजनलाई

    बुटवल । बुटवलमा जारी मदन भण्डारी प्रदेश स्तरीय अन्तर मावि छात्र, छात्रा भलिबल प्रतियोगिताको  उपाधि न्यू होराइजन मा.विले हात पारेको छ । सोमबार सम्पन्न लुम्बिनी प्रदेश अन्तर मा.बि भलिबल प्रतियोगिताको छात्र/छात्रा दुबै विधामा उपाधि जित्दै न्यु होराईजन बोर्डिङ स्कुल च्याम्पियन बन्न पुगेको हो ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानवज्ञान मावीको खेलमैदानमा छात्रतर्फको फाईनलमा न्यु होराईजनले मणिमुकुन्द कलेजलाई ३-० को गोलन्तर पराजित गरेको हो । छात्रातर्फको फाईनलमा न्यु होराइजन बोर्डिङ स्कुलले एभरेष्ट बोर्डिङ स्कुललाई ३-२ गोलन्तरले जित निकाल्दै च्याम्पियन भएको हो । उपाधिसंगै छात्र/छात्रा न्यु होराईजन टिम जनही नगद ७० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको थियो ।

    उपविजेतामा चित्त बुझाएको मणिमुकुन्द र एभेरेष्ट भने नगद ५० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कत भएका थिए । प्रतियोगितामा छात्रतर्फ सेन जोसेफ र छात्रातर्फ कुवरवर्ती मा.वि तेस्रो हुँदै नगद ३० हजारसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । छात्रतर्फ १२ र छात्रातर्फ ७ टिमले भाग लिएका थिए ।

    एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेबी अर्याल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष धुर्व आचार्य, प्याब्सनका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्यायले विजेता, उपविजेता टिमलाई शुभकामना सँगै पुरस्कार वितरण प्रदान गरेका थिए ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend