Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति पौडेललाई डा ढुंगेलको सुझाव


२८, वैशाख २०८०
  • 174
    SHARES
  • राष्ट्रपति पौडेललाई डा ढुंगेलको सुझाव

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई डा द्वारिकानाथ ढुंगेलले नागरिकता विधेयकमा  पहिला सभामुख रहँदा संसद्‍मा आफैले गरेको रुलिङ् गरेको विषय अध्ययन गर्न सुझाव दिएका छन्। बिहीबार पूर्वसुरक्षाकर्मी परिषद् नेपालले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढुंगेलले नागरिकता विधेयकमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई पहिला सभामुख रहँदा संसद्‍मा आफैले गरेको रुलिङ् गरेको विषय अध्ययन गर्न सुझाव दिएका हुन्।

    उनले संक्रमणकालिन न्यायलाई पीडक र पीडित दुवै पक्षसँग बसेर कसरी समाधान गर्न सकिने विषयमा छलफल हुनुपर्ने बताए। वर्तमान गृहमन्त्रीले यसलाई नअलमल्याईकन चाँडो टुङ्गयाउनुपर्ने बताए ।

    नागरिकता विधेयकमा सबैले बुलन्द आवाज उठाए अरु केही गर्नु नपर्ने उनको दाबी रहेको छ। वर्तमान राष्ट्रपति पहिला सभामुख रहँदाको घट्ना स्मरण गराउँदै उनले भने,‘एउटा विषयमा निर्णय गर्नुपर्ने भयो र त्यो विषय गिरीजाप्रसाद कोइरालाले भारतमा जाँदा उहाँले हस्ताक्षर गरेको टनकपुर सन्धी, त्यो सन्धी उहाँले समझदारी गर्नुभएको थियो। यसलाई संसद्‍बाट पारित गराउनुपर्ने जिम्मेवारी सरकारको आयो। र त्यो जिम्मेवारी कोइरालाको सरकारले सन्धीलाई अनुमोदन गराउनको लागि प्रतिनिधिसभामा पेश गरेको थियो। प्रतिनिधिसभा खारेज भयो। त्यसपछि नयाँ प्रतिनिधिसभा आएपछि त्यो मुद्दा फेरि उठ्यो। त्यो मुद्धामा रामचन्द्र पौडेलजीले नै रुलिङ् दिनुभएको थियो।

    एउटा प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयकरप्रस्ताव त्यो प्रतिनिधिसभाको अवधि सकिएपछि नयाँ प्रतिनिधिसभाले त्यसलाई अनुमोदन गर्न सक्दैन। यो संसदीय परम्परा हो। त्यसकारणले त्यस बखतमा प्रस्तुत भएको त्यो प्रस्ताव अनुमोदन हुन सक्दैन भन्ने उहाँले रुलिङ् दिनुभएको छ।’

    अहिले नागरिकताको बारेमा धेरै ठूलो कुरा नभएको र उनकै पुरानो रुलिङ् राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गर्दा हुने उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अहिले देखिएको खेलले फासफुस गर्ने सम्भावना रहेको उनले खतरा औंल्याए ।

    अन्तर्राष्ट्रिय संस्थाले प्रकाशित गरेको भ्रष्टाचारको तथ्याङ् प्रस्तुत गर्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको इज्जतमा नराम्रोसँग धब्बा लगाएको छ।’ उनले अहिले पक्राउ परेका उच्च ओहोदाका व्यक्तिहरु पक्राउ पर्नुमा नेपाललाई झनै अप्ठ्यारो परेको उल्लेख गरे। सबै नेपालीहरु एक भई यस्ता प्रकरणमा खबरदारी र जाग्नुपर्ने बेला आएको पनि उनले टिप्पणी गरे ।

    सो प्रकरणमा मुछिएका अन्य उच्चपदस्थ व्यक्तिहरुलाईपनि सुरक्षाकर्मीहरुले समात्नुपर्ने उनको भनाई छ । उनले नेपाली सेनालेपनि यो प्रकरणमा खबरदारी गर्नुपर्ने बताए।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend