Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायली सेना पछि हटेपछि गाजामा ६० भन्दा बढी शव फेला


२८, असार २०८१
  • 142
    SHARES
  • इजरायली सेना पछि हटेपछि गाजामा ६० भन्दा बढी शव फेला

    गाजा । इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

    वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवनध्वस्त भएका छन् ।

    रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् ।  सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य महत्वपूर्ण पूर्वाधार लक्षित गरिएको छ ।”

    यसैबीच इजरायली सेनाले तेल अल–हवा क्षेत्र र गाजा शहरका अन्य केही स्थानमा आक्रमण जारी राखेको जनाएको छ ।

    इजरायली रक्षा बल (आईडीएफ) ले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले शुजैया क्षेत्रमा आफ्नो अभियान पूरा गरेको जनाएको छ ।

    कारबाहीको अन्तिम दिन इजरायली सेनाले धेरै भूमिगत सुरुङ मार्गध्वस्त पार्नुका साथै सुरुङभित्र हातहतियार, ल्यापटप र सञ्चार उपकरण फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

    आईडीएफले उक्त क्षेत्रमा ‘आतङ्कवादी र आतङ्कवादी संरचना’ हरूको उपस्थिति रहेको सङ्केत गर्ने गुप्तचर रिपोर्टहरूको आधारमा अभियान सञ्चालन गरेको बताएको छ र आक्रमण अघि ‘नागरिकहरूको क्षति कम गर्न’ धेरै कदमहरू चालेको बताएको छ ।

    सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी सीमाबाट गरिएको हमासको आक्रमणमा कम्तीमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

    गत २४ घण्टामा इजरायली सेनाको कारबाहीमा थप ५० जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएको उल्लेख गरिएको छ ।

    सन् २०२३ को अक्टोबरको सुरुमा प्यालेस्टाइन–इजरायल द्वन्द्व सुरु भएयता मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ३८ हजार ३४५ पुगेको र ८८ हजार २९५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend