Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ


१३, साउन २०८१
  • 174
    SHARES
  • हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौँ । काठमाडौँ उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । उनी हाइकिङ गर्नेमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट दुई थान खुकुरी र विभिन्न गरगहनासमेत बरामद भएको छ ।

    लुटपाट गरेर नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसहित तीन जनाको समूह आए पनि बाँकी २ जना भने फरार भएका थिए ।

    पक्राउ परेका लामाको साथवाट दुई थान खुकुरी, सुनको बेरुवा औँठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् ।

    साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ । यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरूमाथि लुटपाट गरेको आरोप छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend