Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिविले निकाल्यो मौका परीक्षा सकिएको दुई हप्ताभित्रै नतिजा


२१, साउन २०८१
  • 137
    SHARES
  • त्रिविले निकाल्यो मौका परीक्षा सकिएको दुई हप्ताभित्रै नतिजा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरिसकेको छ ।

    कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

    २ साउनदेखि ९ गतेससम्म सञ्चालन भएको वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षाको नतिजा साउन १३ गतेदेखि सुरु गरेर गत शनिबार सकिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

    कार्यालयले प्रथम वर्षका अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र लगायतका विषयको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले भने, ‘विद्यार्थी कम थिए र परीक्षा पनि काठमाडौंमा मात्रै केन्द्र बनाएर सञ्चालन गरिएकाले नतिजा चाँडोे निकाल्न सकियो । तर अब ब्याक पेपरको मात्र नभएर सबैको समयमा निकाल्ने गरी काम गरिरहेका छौं ।’

    यसअघि मौका परीक्षाको नतिजा सार्वजनिक हुन एक वर्षसम्म लाग्दै आएकोमा यो पटक दुई हप्ताभित्रै निकाल्न सकेकोले अन्य परीक्षाहरु पनि समयमा निकाल्न सकिने आत्मविश्वास बढेको उनले बताए ।

    परीक्षा नियन्त्रण कार्यालयको अनुसार वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षामा ७९६ जना परीक्षार्थीहरु सहभागी थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend