Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘ह्रस्व दीर्घ’को गीत : पार्स्व गायनमा दुर्गेशको डेब्यु


२६, साउन २०८१
  • 291
    SHARES
  • ‘ह्रस्व दीर्घ’को गीत : पार्स्व गायनमा दुर्गेशको डेब्यु

    काठमाडौं - चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ ।

    सार्वजनिक ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी छन् ।

    गीतमा दुर्गेश थापाको संगीत, शब्द र एरेञ्ज छ । स्वर दुर्गेश र सदीक्षा कट्टेलको छ । पार्स्व गायनमा दुर्गेशको यो डेब्यु सिनेमा हो । 

    संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

    हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका सिनेमेटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । 

    अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend