Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विद्यार्थी परिषदको दोस्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पोखरामा प्रारम्भ


२६, साउन २०८१
  • 342
    SHARES
  • विद्यार्थी परिषदको दोस्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पोखरामा प्रारम्भ

    पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पाेखरामा प्रारम्भ गरेको छ । 

    देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा पाेखरामा दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनकाे आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ । 

    हिजो र आज चल्ने सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेका थिए । अध्यक्ष घिमिरेले दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको दाबी गरे ।

    शुक्रबारबाट पोखराको साइमन पार्टी प्यालेसमा जारी सम्मेलनमा देशभरबाट कानुन पढाई हुने १० वटै विश्वविद्यालयका ८५ जना भन्दाबढी विद्यार्थीहरू सहभागी भएको परिषद् गण्डकी प्रदेश सचिव दिप्सन गुरुङले जानकारी दिएका छन् ।

    साउन २५ र २६ गते सम्म पाेखरामा चल्ने सम्मेलनमा कानुन अध्ययनरत विद्यार्थीहरूकाे वर्तमान अवस्था, समस्या चुनाैती एवम् समाधानकाे मार्गकाे बारेमा व्यापक बहस पश्चात् विशेष प्रस्ताव पारित गरिने, कानुन विद्यार्थीहरूकाे व्यावहारिक सिकाईका लागि प्रयाेगात्मक अभ्यास गर्ने, कानुन विद्यार्थीहरूकाे सामाजिक र राष्ट्रिय भूमिका बारे बहस र अदालतका उच्च अधिकारीहरूसँग अनुभव आदन प्रदान तथा विशेष अन्तरक्रिया गरिने परिषद्ले जनाएको छ । 

    कार्यक्रममा भारतकाे  राष्ट्रिय विधि विश्वविद्यालय एवं २२ ओैँ विधि आयाेगका प्रा. डा. राका आर्य, नेपाल बार एसाेसिएसनका अध्यक्ष गाेपालकृष्ण परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, कानुन आयाम कार्य प्रमुख भानु प्रकाश जाेसी, गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, अधिवक्ता निकेश लम्साल, गण्डकी प्रदेश संगठन सचिव नारायण प्रसाद तिम्सिना, प्रदेश सचिव दिप्सन गुरूङ लगायतका विशिष्ट व्यक्तित्वहरूकाे विशेष उपस्थित रहेको छ ।

    received_843492824406686.jpeg
    received_1019812473137659.jpeg
    received_1005489070981184.jpeg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend