Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भलाई कोष र सिद्धार्थ उद्योग वाणिज्य संघबिच सम्झौता


३०, साउन २०८१
  • 242
    SHARES
  • भलाई कोष र सिद्धार्थ उद्योग वाणिज्य संघबिच सम्झौता

    बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाबिच द्विपक्षीय सम्झौता भएको छ ।

    सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने गरी द्विपक्षीय सम्झौता भएको हो ।

    सम्झौतामा दुवै संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघले आफ्ना व्यवसायीका सवारी साधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिए ।

    सम्झौतामा निजी तथा भाडामा चल्ने सवारी साधनका अतिरिक्त सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आवद्ध गर्ने उल्लेख छ । सम्झौतामा २०८१ कात्तिक ३० सम्म कोषले आवद्धता निःशुल्क गरिदिने उल्लेख छ ।

    त्यसैगरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २०० रुपियाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै सवारी साधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जिव क्षतिको सम्पूर्ण लगानी कोषले गर्ने छ ।

    आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने छ ।

    त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा २ जनासम्मको उपचार खर्च रकम १५ लाख रुपियाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend