Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जर्मनीले मङ्कीपक्स प्रभावित अफ्रिकी देशमा खोप सहयोग गर्ने


११, भदौ २०८१
  • 140
    SHARES
  • जर्मनीले मङ्कीपक्स प्रभावित अफ्रिकी देशमा खोप सहयोग गर्ने

    काठमाण्डौ – जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ ।

    अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले बताउनुभएको छ ।

    डब्ल्यूएचओले कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा मङ्कीपक्स सङ्क्रमण बढ्न थालेपछि  विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेर खोपको उत्पादन र साझेदारीका लागि अन्तर्राष्ट्रियस्तरमा आह्वान गरेको थियो । यसअघि फ्रान्स, अमेरिका लगायतका केही युरोपेली राष्ट्रले खोप उपलब्ध गराउने प्रतिबद्धता गरिसकेका छन् ।

    मङ्कीपक्सका कारण अहिलेसम्म कङ्गोमा पाँच सय ७० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डामा पनि प्रकोपको रुपमा मङ्कीपक्स सङ्क्रमण फैलिरहेको छ । युरोपमा स्विडेन र दक्षिण एसियामा पाकिस्तानमा मङ्कीपक्स सङ्क्रमणका बिरामी भेटिएका छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend