Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान


१४, भदौ २०८१
  • 121
    SHARES
  • गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान

    काठमाडौं – युरोपेली सङ्घ (इयू) ले इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । गाजा पट्टीमा गएको महिनामा मात्र २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले आउँदो हप्ता गाजाका सबै क्षेत्रमा  दुई वटा खोप अभियानको योजना बनाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाछन् । अभियान अन्तर्गत ६ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी २) विरुद्ध मौखिक खोप उपलब्ध गराउने लक्ष्य रहेको छ ।

    गएको अक्टोबरदेखि इजरायली सेना र विद्रोही समूह हमासबीच गाजामा दश महिनाभन्दा धेरैको युद्ध र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र सरसफाइको कमी लगायतका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यालाई फेरि फैलिन सक्ने सम्भावित महामारीबाट जोगाउन आवश्यक रहेको इयूले जनाएको छ ।

    राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख विस्थापितमध्ये आधाभन्दा धेरै बालबालिका रहेका छन् । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend