Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भियतनाममा शक्तिशाली आँधी : ६५ जनाको मृत्यु, १५ लाख प्रभावित


२५, भदौ २०८१
  • 314
    SHARES
  • भियतनाममा शक्तिशाली आँधी : ६५ जनाको मृत्यु, १५ लाख प्रभावित

    काठमाडौँ । भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढी पहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।

    विपद् व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार मृतकको संख्या ६५ पुगेको र ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

    धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ। यसमा परी ७५२ जना घाइते छन् । उत्तरी भेयतनाममा रहेका थुप्रै नदीहरूमा बहाव बढेर रेड अलर्ट देखाएको छ ।

    धेरैले गाउँ र आवासीय क्षेत्र छाडिसकेको पनि विपद् व्यवस्थापन निकायले जनाएको छ । ४ हजार ६०० भन्दा बढी सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् । लाओ काइ प्रान्तमा सबैभन्दा धेरै १९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।

    फु-थो प्रान्तमा रहेको फोङ चाउ ब्रिज एक्कासि भत्किँदा गुडिरहेका गाडीहरू नदीमा खसेको भिडिओ पनि सार्वजनिक भएका छन् । पुल भत्किँदा १० वटा कार र दुई वटा स्कुटर नदीमा खसेका छन् ।

    आँधी, बाढी र पहिरोले भवनहरू भत्किएका छन् भने सडकहरू र बिजुली समेत अवरुद्ध छन् । विद्युत् आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend