Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलले भारतबाट १५ हजार कामदार लैजाने, तलब झण्डै २ लाख


२७, भदौ २०८१
  • 135
    SHARES
  • इजरायलले भारतबाट १५ हजार कामदार लैजाने, तलब झण्डै २ लाख

    काठमाडौं । इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार भारतीय कामदार माग गरेको छ ।

    इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी १० हजार कामदार निर्माण क्षेत्रका लागि र ५ हजार कामदार स्वास्थ्य क्षेत्रका लागि माग गरेको हो ।

    ती कामदारको तलब मासिक झण्डै दुई लाख भारू हुनेछ । खान, बस्न फ्री र हरेक महिना बोनस पनि भएकाले कामदारहरुले मनग्य कमाउन सक्नेछन् ।

    कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सन्चालन हुने छ । इजरायली टोलीले उक्त शिविरबाट आफ्नो मापदण्ड र सिप हेरेर कामदार छनोट गर्ने छ ।

    इजरायल सरकारको बोर्डर अथोरिटी (पीआईबीए)ले फ्रेमवर्क, आइरन वेल्डिङ, प्लास्टिङ र सेरामिक टाइलिङमा काम गर्ने भारतीय कामदार आवश्यक परेको जनाएको छ ।

    यसका अलावा इजरायलले आफ्नो स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले पाँच हजार केयर गिभर कामदार पनि लैजाने छ । त्यसका लागि १० कक्षा पास गरेको वा कुनै मान्यताप्राप्त भारतीय संस्थानबाट प्रमाणपत्र तह पास गरेको वा कम्तिमा ९९० घण्टासम्म सम्बन्धित विषयमा तालिम लिएको योग्यता तोकिएको छ ।

    १ लाख ९२ हजार तलब, हरेक महिना बोनस

    इजरायल सरकारका अनुसार छनोटमा परेका कामदारको मेडिकल बीमा, खाने, बस्ने सुविधासहित एक लाख ९२ हजार भारू मासिक तलब हुने छ । ती कामदारहरुले हरेक महिना १६ हजार ५१५ भारू बोनस पनि पाउने छन् ।

    इजरायलले यसअघि पनि निर्माण क्षेत्रका लागि १० हजार ३४९ जना भारतीय कामदार छनोट गरेर लगेको थियो । त्यतिबेला उत्तर प्रदेश, हरियाणा र तेलंगनामा शिविर आयोजना गरी कामदार छनोट गरिएको थियो ।

    इजरायल र भारत सरकारबीच कामदार लैजाने विषयमा सन् २०२३ मा जीटुजी सम्झौता भएको थियो ।

    छनोट भएका भारतीय कामदारहरु इजरायल उड्नुअघि इजरायली संस्कृति, जीवनशैली, सरकारी नीति नियमबारे तालिम पनि लिनुपर्ने छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend