Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपतिमा निर्वाचित


७, असोज २०८१
  • 344
    SHARES
  • श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपतिमा निर्वाचित

    काठमाण्डौ – श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतगणनापछि उहाँ हिजो बेलुका राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

    पहिलो चरणको मतगणनामा पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए । चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

    श्रीलङ्काको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको थियो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना शुरु भएको खबरमा उल्लेख छ ।

    चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

    दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत पाउनुभएको थियो । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलङ्कामा १ करोड ७० लाख मतदाता छन्  । यस वर्षको चुनावलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनावका रूपमा व्याख्या गरिएको छ ।

    निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण चुनाव भएको पनि बताएको छ । श्रीलङ्कामा इतिहासकै खराब आर्थिक सङ्कटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन शुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि पहिलो पटक अस्ति शनिवार चुनाव भएको हो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend