Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण : दशैँ अघि नै कक्षा ११ मा भर्ना हुन सक्ने


८, असोज २०८१
  • 223
    SHARES
  • एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण : दशैँ अघि नै कक्षा ११ मा भर्ना हुन सक्ने

    काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।

    परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी थिए । जसमध्ये एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

    बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन् । जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन् ।

    जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ७४ हजार ४ सय ६० जनाले ल्याएका बोर्डले जनाएको छ । बोर्डका अनुसार जीपीए १ दशमलव ६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् । २०८० सालको एसईईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

    यसअघि असारमा सार्वजनिक भएको एसईईको नतिजामा आधाभन्दा कम ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ५० प्रतिशतभन्दा धेरै परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुन वञ्चित हुने भएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा यसवर्ष अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।

    ग्रेडवृद्धि परीक्षामा उत्तिर्ण विद्यार्थीले दशैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् । उनीहरूले नियमित विद्यार्थीभन्दा दुई महिना ढिलो गरी भर्ना हुन सक्ने भएका हुन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend