Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्युनिसियाको पूर्वी तटमा १३ आप्रवासीका शव फेला


१०, असोज २०८१
  • 223
    SHARES
  • ट्युनिसियाको पूर्वी तटमा १३ आप्रवासीका शव फेला

    काठमाडौँ । ट्युनिसियाको पूर्वी तटमा १३ उप-सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको छ।

    मंगलबार र बुधबार देशको तटीय शहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले बताए। उनले अनुसन्धान शुरु गरिएको तर थप विवरण प्राप्त नभएको बताए। 

    ट्युनिसिया र छिमेकी देश लिबिया युरोपमा राम्रो जीवन प्राप्त गर्ने आशामा अन्य देशबाट आएका आप्रवासीहरूको खतरनाक यात्राको प्रमुख प्रस्थान बिन्दु बनेका छन्।  

    ट्युनिसियाको तटबाट जनवरी १ देखि कम्तीमा १०३ अस्थायी डुङ्गा पल्टिएका छन् र ३४१ शव बरामद गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ। 

    ट्युनिसियाली एफटिडिइएस’ अधिकार समूहका अनुसार गत वर्ष उत्तर अफ्रिकी देशमा जहाज दुर्घटना हुँदा १३ सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए।

    आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले गत दशकमा भूमध्यसागरमा ३० हजार तीन सय ९०० बढी आप्रवासीको मृत्यु भएको छ, जसमा गत वर्ष तीन हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend