Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित


१५, असोज २०८१
  • 280
    SHARES
  • जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित

    टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबा मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन ।

    नव-निर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताएका छन ।

    एलडिपीको बहुमत रहेको जापानी संसदले मङ्गलबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधबार नयाँ मन्त्रीपरिषद् घोषणा गर्ने अपेक्षा गरेको छ ।

    पूर्व मुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको, जनरल नाकातानीले रक्षा र ताकेसी इवायाले विदेश मामिला लिने निर्णय भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन ।

    इसिबाको जितले “एलडिपीले अर्को राष्ट्रिय चुनावमा पार्टीलाई नेतृत्व गर्न मतदाताको अपिल भएको र अनुभवी नेताको खोजी गरेको सङ्केत गरेको सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युको नाकानोले बताएका छन ।

    सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरेपछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताएका छन । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend