Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण


१७, असोज २०८१
  • 209
    SHARES
  • लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

    एजेन्सी - इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ ।

    हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको बीबीसीले जनाएको छ ।

    इजरायलको आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको ज्यान गएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् ।

    अस्ति मङ्गलवार राति एकैदिन इरानले झण्डै २ सय  मिसाइल इजरायली भूमिमा आक्रमण गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ । लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ ।

    इजरायली सेनाले लेबनानको ४ सय  मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको ज्यान गएको थियो । हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।

    मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको खबरमा उल्लेख छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend