काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले सहकारी ठगी प्रकरणमा कसैलाई पनि छुट हुन नहुने औंल्याउँदै सबैलाई कानुनी दायरामा ल्याएर कारबाही हुनपर्ने बताए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनेका छन, एक दुई जनालाई समातेर देशको समस्या समाधान हुदैन । सबैलाई कानुनी दायरामा ल्याएर कारबाही हुनैपर्छ । कसैले राजनितीक प्रतिसोध साँध्न पाइदैन । पुर्वाग्राही भएर कसैलाई कारबाही गर्न पाइदैन । हिरासतमा राखेर सोधपुछ गर्न कानुनी अधिकार छ ।
धमलाले भने, मलाई आग्रह पुर्वाग्रह छैन । म सन्चार क्षेत्रमा प्रहार हुँदा आवाज उठाउने मान्छे हुँ । म पुर्वाग्राहीरहित समाचार सम्प्रेषण गर्छु । म लोकतन्त्र र विधीको शासनको पक्षमा विश्वास गर्छु । मैले रवि लामिछाने पक्राउ परेको समाचार भन्नै नहुने हो ? बोल्नै नहुने हो ? धमलाले आफनो विरुद्धमा भएको नारा जुलुस लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन ।
उनले भने, रवि र पार्टीविरुद्ध मेरो कुनै आक्रोश छैन । बुरुक बुरुक उफ्रने मेरो शैली र प्रस्तुति हो यसको मतलब कसैको विरुद्धमा होइन । रविलाई न्युज २४ को कार्यालयबाट पक्राउ गर्दा पहिलो पटक मैले विरोध गरेको थिए । तर उहाँले मलाई बाह्र भाईको संज्ञा दिएर गाली गर्नुभयो ।
चितवनको उपनिर्वाचन क्षेत्रमा पुगेर मैले उहाँको अन्तरवार्ता लिएको छु कसैले यो हिम्मत गर्छ ? धमलाले भने । देश बनाउन राजनितीक प्रतिसोध होइन, सबै मिलेर अगाडि बढनुपर्नेमा उनले जोड दिए ।