Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जिबी राईनिकट रामबहादुर खनाल पक्राउ


९, कात्तिक २०८१
  • 159
    SHARES
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : जिबी राईनिकट रामबहादुर खनाल पक्राउ

    काठमाडौं । सिआईबीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईका निकट मानिएका नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

    खनाल तनहुँको बगालेफाँटका स्थायीवासी हुन् । पक्राउ परेका खनाल जिबी राईको कम्पनी गोरखा ग्रुप अफ कम्पनीका लगानीकर्ता (शेयरधनी) पनि हुन् ।

    उनी काठमाडौंको पानीपोखरीबाट पक्रार परेका हुन् । उनलाई आजै कास्की पठाईएको छ । सहकारी ठगी प्रकरणमा प्रहरीको खोजी सुचिमा रहेका जिबी राई भने अहिलेसम्म फरार छन् ।

    यद्धपी यो ठगी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थालेपनि जिबीपनि ढिलो/चाँडो पक्राउ पर्ने सहकारी पीडितहरुको विश्वास छ ।

    पछिल्लो समय जिबीले केही मिडियालाई इमेलमार्फत आफू पीडितहरुको रकम फिर्ता गर्न तयार रहेको र अनुसन्धानलाई सघाउनपनि तयार रहेको सन्देश प्रवाह गरेका छन् ।

    तर, उनले आफू रवि लामिछाने र उनको टिमको कारण समस्यामा परेको भनेर इमेलमा भनेको कुरा मिडियामार्फत खुलासा भएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend