काठमाडौं । मानव तस्करीको आरोपमा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो । विराटनगरमा पक्राउ परेपनि उनलाई अनुसन्धानको लागि काठमाडौं ल्याईने भएको छ ।
एमालेले भने हिजोमात्रै अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ । अधिकारीको मानव तस्करीसँगको साँठगाँठ खुलिसकेको कुरा मिडियामा छ्याप्छ्याप्ती आईरहेको छ ।