Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संक्रमणकालीन विधेयकबारे तीन दलबीच सहमति


३१, वैशाख २०८०
  • 146
    SHARES
  • संक्रमणकालीन विधेयकबारे तीन दलबीच सहमति

    काठमाण्डौं । विचाराधीन संक्रमणकालीन विधेयक अगाडि बढाउने विषयमा शीर्ष तीन दलका शीर्ष नेताहरुबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा संक्रमणकालीन विधेयक अगाडि बढाउने विषयमा सहमति भएको हो । 

    त्यस्तै संघीय संसद्‌का समिति सभापति चयन गर्ने विषयमा पनि सहमति जुटेको हो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो । 

    एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त र प्रतिनिधि सभाको एक थप समितिको सभापति एमालेबाट हुने सहमति भएको छ । बाँकी आठ समितिका सभापति सत्तारुढ दलहरुबाट हुने सहमति भएको छ । 

    संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि मिलाएर अगाडि लैजाने सहमति भएको नेता नेम्वाङले बताए । तीन दलबीच सहमति भएअनुसार काम भएमा संसदीय समिति तत्काल संचालनमा आउने छन् । यता संसदीय सुनुवाइ समितिले पूर्णता नपाउँदा अहिलेसम्म प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको सुनुवाइ भएर नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसअघि नै संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई बनाउने सिफारिस गरिसकेको छ । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend