Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेसनल प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक सम्मानित


२, मंसिर २०८१
  • 132
    SHARES
  • नेसनल प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक सम्मानित

    भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा–२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् ।

    नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्षभन्दा बढी समयदेखि हालसम्म पनि निरन्तर अध्यापनरत शिक्षकहरुलाई प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले दीर्घ शिक्षा सेवा सम्मानपत्र प्रदान गरेका हुन् । साथै, सम्मान कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाएर थप हौसला प्रदान गरेका थिए ।

    प्रमुख अतिथि मन्त्री थापाले नेसनल प्याव्सनले यसरी शिक्षा सेवामा ईमान्दारीता र सक्रियतापूर्वक सेवा गर्ने शिक्षकलाई सम्मान गरेकोमा नेसनल प्याव्सन भक्तपुरप्रति आभार प्रकट गरेका थिए । मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भएदेखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्थाबारे सुक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बञ्चित हुन नपरोस भनि लागिपरेको बताए । साथै, विद्यालयहरुमा पनि स्वास्थ्य शीविर संचालन गर्न सुझाव दिदै यसमा सहयोगि भूमिका खेल्ने बताए ।

    नेसनल प्याव्सनको जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न नवौं वार्षिक साधारण सभाको उदघाटन समारोहको अवसरमा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई अध्यक्ष खड्काले बधाई एवं सफल र सबल कार्यकालको लागि शुभकामना प्रदान गरी सम्मान गरेका थिए । खड्काले सदस्य विद्यालयको जस्तोसुकै परिस्थितिमा पनि साथ दिएर बालबालिकाको शिक्षामा अनवरत सेवामा एउटै स्कुलमा रहेर अध्यापन गराउनु हुने शिक्षकहरुलाई दीर्घ शिक्षा सेवा सम्मान गरिएको बताए ।

    नेसनल प्याव्सनका जिल्ला सचिव कुमार थापामगरले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवांले गरेका थिए भने सबै उपस्थित व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष रामप्रसाद खाताखोले गरेका थिए । कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार मरासंघ भक्तपुर अध्यक्ष जगत प्रजापति, रासस प्रतिनिधी रमेश गिरी, पत्रकार हरि छुकां, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगाएको उपस्थिति थियो ।

    संस्थाको कार्यक्रम हिज्जे प्रतियोगिता ऋतम्भरा पाठशालाले, चित्रकला यूनिटी स्कुलले र नृत्यकला स्टुडेन्ट एकेडेमीले आयोजना गरेकाले ३ वटा स्कुलाई नै प्रशंसा पत्र वितरण गरिएको थियो । साथै सदस्य विद्यालय सरस पाठशालाका प्रिन्सिपल ईन्द्र प्रसाद खाइतूलाई पनि संस्थाको तर्फबाट “ईन्द्रीय रगंहरु” पुस्तक प्रकाशन गर्नु भएकोमा बधाई एवं सम्मान गरिएको थियो ।

    नवौं वार्षिक साधरण सभाको दोश्रो चरणमा कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको थियो ! अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो । साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पारित गरिएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend